पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार १०:१७
मुक्कुम्लुङ पाथीभरा केबलकार विवाद सुल्झाउन सरकारद्वारा कार्यदल गठन 

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा जेठ महिनामा ४६ लाख ६० हजार रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी संकलन भएको हो ।

Advertisement

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मन्दिरमा संकलन भएको भेटीलाई प्रत्येक महिना गणना गरी सार्वजनिक गर्ने गरिएको छ । समितिले मन्दिरको आम्दानी र दर्शनार्थीको संख्यामा पारदर्शिता कायम गर्न यस्तो विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको हो ।

भेटी संकलनसँगै मन्दिर दर्शन गर्न आउने तीर्थालुहरूको संख्या पनि सार्वजनिक गरिएको छ । जेठ महिनामा मात्रै ८ हजार ३ सय ८७ जना दर्शनार्थीले पाथीभरा देवीको दर्शन गरेका छन् ।

क्षेत्र विकास समितिले दर्शनार्थीको आधिकारिक तथ्यांक राख्नका लागि माथिल्लो फेदी र काफ्ले पाटीमा रहेका प्रहरी चेक पोस्टहरूसँग समन्वय गर्ने गरेको छ । यी दुवै स्थानबाट संकलन गरिएको विवरणका आधारमा महिनाभरिको कुल दर्शनार्थी संख्या यकिन गरिन्छ ।

अघिल्ला महिनाहरूको तुलनामा जेठमा दर्शनार्थीको संख्या र भेटी संकलनको अवस्थालाई उत्साहजनक मानिएको छ । संकलित भेटी रकम पाथीभरा क्षेत्रको पूर्वाधार विकास, मर्मत सम्भार र व्यवस्थापनमा खर्च गरिने समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
नुवाकोटबाट फर्किएपछि प्रधानमन्त्रीले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ’
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
‘व्यक्ति होइन, पार्टी मुख्य कुरा हो’ (भिडियोसहित)
बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×