कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १५:५२
कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि अर्थात् मौका (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले सूचना प्रकाशित गर्दै परीक्षा सञ्चालनको मिति र विस्तृत विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्य तालिका अनुसार मौका परीक्षा आगामी साउन २ र ३ गते सञ्चालन हुनेछ । कक्षा १२ को नियमित परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्णता हासिल गर्न नसकेका विद्यार्थीहरूको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै बोर्डले यो परीक्षा सञ्चालन गर्न लागेको हो ।

Advertisement

बोर्डका अनुसार परीक्षाको पहिलो दिन अर्थात् साउन २ गते एक विषयमा मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरूको परीक्षा सञ्चालन गर्ने छ । एक विषयमा मात्र मौका परीक्षा दिने परीक्षार्थीले विषय जुनसुकै भए पनि पहिलो दिन नै परीक्षा दिनुपर्नेछ, बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

दुई विषयमा परीक्षा दिनुपर्ने परीक्षार्थीहरूको हकमा भने साउन २ र ३ गते दुवै दिन परीक्षा सञ्चालन हुनेछ ।
नियमित परीक्षाको नतिजामा चित्त नबुझेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरूका लागि यो परीक्षा आफ्नो नतिजा सुधार्ने अन्तिम अवसर हो । बोर्डले तोकिएको समयभित्रै आवश्यक प्रक्रिया पूरा गरी परीक्षामा सहभागी हुन सम्बन्धित विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.