बिरिङ खोलामा ५ वर्षीया बालिकाको शव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १९:१४

विराटनगर । झापाको कन्काई नगरपालिका वडा नं. ८ स्थित बिरिङ खोलामा ५ वर्षीया बालिकाको शव फेला परेकाे छ । स्थानीय कुलबहादुर रसाईलीकी ५ वर्षीया छोरी सोनिया रसाईलीकाे शव फेला परेकाे हाे ।

प्रहरीका अनुसार शनिबार बिहान बिरिङ खोला आसपासबाट उनी हराएकी थिइन् । बालिका हराएको भन्दै उनकी आमा अमृता रसाईलीले दिउँसो अस्थायी प्रहरी चौकी दुर्गापुरमा मौखिक जानकारी गराएकी थिइन् ।

Advertisement

खोजतलासका क्रममा सोही वडामा पर्ने बिरिङ खोलाको पानीमा बालिका डुबेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.