बाबुराम भट्टराई भन्छन् : ‘याे उमेरमा के ललीपप खानु ?’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १७:२७

भरतपुर । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अगुवा शक्तिकाे रुपमा उदाएकाे रास्वपाले सुशासन र समृद्धिलाई अघि बढाउनुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा जारी रास्वपा प्रथम महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले यस्ताे बताएका हुन् ।  ‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु। सुशासन र समृद्धिको फल सबै नेपालीलाई प्राप्त होस्,’ उनले भने,’जनताको मन जितेर रास्वपाले ४ वर्षमा उपलब्धि हासिल गरेको छ ।’

Advertisement

उनले नयाँ शक्तिका पक्षमा आफू १० वर्षदेखि पैरवी गर्दै आएको पनि बताए । ‘१० वर्षदेखि वैकल्पिक राजनीतिक पैरवी गरेकोले त्यही अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा हो भन्ने लाग्छ,’ उनले भने, ‘मैले यसो भनिरहँदा के ललीपप देखाएको छ भन्छन्। म मर्न हिँडेको मानिस । टाउकोको मूल्य तोकिएको थियो। प्रधानमन्त्री पनि भइसकेँ अब के ललीपप खाने यो उमेरमा ?’

उनले राजनीतिक स्थिरता १०/१५ वर्षसम्म होस् भन्ने चाहना आफूले राखेको पनि बताए । ‘रवि ठूलो कि बालेन भनेर खेल्न सक्ने हुन सक्छ, तपाईंहरूको एकतामा नै रास्वपाको ५ वर्षको भविष्य सुनिश्चित छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ
पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ
रवि–बालेनको सन्देश : ‘हामी एक छौं, कुनै प्रतिस्पर्धा छैन’
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नु हुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.