
भरतपुर । रास्वपाका सभापति रवि लामिछानेले बालेन शाहले नै सरकारकाे नेतृत्व गर्ने बताएका छन् । पूर्वसहमति अनुसार नै सरकार अघि बढेको बताउँदै उनले प्रधानमन्त्री शाहले भटाभट गोल हानिरहेकाे बताएका हुन् ।
‘सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । भटाभट गोल हान्ने जिम्मा उहाँलाई नै छ, उहाँले हानिरहनु भएकाे छ,’ उनले भने,’झुक्किएर मेरो खुट्टामा आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्याउने जिम्मा मेरो हो ।’
इतिहासलाई साक्षी राखेर गरिएका अक्षर–अक्षरको पालना गर्ने उनको भनाइ छ । रास्वपालाई लडाउने, ढलाउने प्रयास निक्कै हुने भन्दै उनले आफूहरू त्यसबाट उठ्ने बताए । उनले कांग्रेस एमालेलाई पनि आफ्नाे दलभित्रकाे विवाद मिलाउन आग्रह गरे ।

























