कोशी किनारमा ट्युबमा बाँधेर लुकाइएको १६८ किलो गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार ११:३०

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदी किनारबाट प्रहरीले सोमबार बिहानका राति ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले बिहान करिब ३ः१० बजेतिर गाँजा फेला पारेको थियो । सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सप्तकोशी नदी किनारमा ट्युबमाथि बाँधिएको बाँसमा राखिएको अवस्थामा प्लास्टिकका नौवटा बोराभित्र गाँजा फेला परेको हो । बरामद गरिएको गाँजा १६८ किलोग्राम रहेको उनले बताए ।

Advertisement

बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगिएको छ । गाँजा कसले र कहाँ लैजान लागेको हो भन्ने बारेमा यकिन भइसकेको छैन । प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्नको खोजी तीव्र बनाएर थप अनुसन्धान अघि बढाइएको छ ।

सप्तकोशी नदी हुँदै लामो समयदेखि गाँजाको ओसारपसार भइरहेको छ । त्यसलाई मध्यनजर गर्दै निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
‘मतभेद सडकमा होइन, छलफलमै टुंग्याउनुपर्छ’
महाधिवेशन लम्बिँदा रास्वपाको नयाँ निर्णय : प्रतिनिधिबाट शुल्क नलिइने, बुझाएकाले फिर्ता पाउने
रास्वपा महाधिवेशनको बन्दसत्र : बालेन नआउँदा चासो, रविले गराए प्रतिनिधिलाई सचेत
झापा पुगेर थापाले भने : सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन
सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका प्रतिनिधिकाे नाम काटियाे
विष्णु पाैडेललाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
रास्वपा महाधिवेशन : बल्ल प्रतिनिधिकाे टुङ्गो, बन्दसत्र अझै लम्बियाे
मोरङको सुनवर्षीमा वृद्ध मृत फेला
मोरङको कोचनी खोलामा बेपत्ता भएकी बालिका मृत फेला
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.