रास्वपा महाधिवेशनको बन्दसत्र सुरु हुन सकेन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १३:०८

चितवन । चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत प्रतिनिधिहरूको नामावलीलाई अन्तिम रूप दिन ढिलाइ हुँदा बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन ।

सोमबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सञ्चालन गर्ने कार्यतालिका तय गरिएको भए पनि प्रतिनिधिहरूको विवरण सच्याउने काम नसकिएकाले कार्यक्रम पछाडि धकेलिएको हो । रास्वपा निर्वाचन समितिका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम जारी छ ।

Advertisement

प्रतिनिधिहरूको नाम, थर र ठेगाना नमिलेका कारण परिचयपत्र तयार गर्न समस्या भएको उनले बताए । केही प्रदेशसहित मधेश प्रदेशबाट छनोट भएका प्रतिनिधिको विषयमा समेत विवाद देखिएपछि अन्तिम सूची टुंग्याउन थप समय लागेको हो ।

निर्वाचन समितिले आइतबार करिब चार हजार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । त्यसपछि प्राप्त गुनासा र विवरण सच्याउने प्रक्रिया चलिरहेकाले बन्दसत्र सुरु हुने समय अनिश्चित बनेको नेताहरूले बताएका छन् । उनीहरूका अनुसार बन्दसत्र सुरु हुन अलि समय लाग्ने देखिन्छ ।

बन्दसत्रस्थल वरपर प्रतिनिधिहरूको उल्लेख्य भिड देखिएको छ । महाधिवेशनको बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । प्रतिनिधिहरूको अन्तिम टुंगो लागेपछि मात्रै औपचारिक बन्दसत्र सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
‘मतभेद सडकमा होइन, छलफलमै टुंग्याउनुपर्छ’
महाधिवेशन लम्बिँदा रास्वपाको नयाँ निर्णय : प्रतिनिधिबाट शुल्क नलिइने, बुझाएकाले फिर्ता पाउने
रास्वपा महाधिवेशनको बन्दसत्र : बालेन नआउँदा चासो, रविले गराए प्रतिनिधिलाई सचेत
झापा पुगेर थापाले भने : सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन
सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका प्रतिनिधिकाे नाम काटियाे
विष्णु पाैडेललाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.