गृहमन्त्री गुरुङविरुद्ध उजुरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १५:३१

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले ज्यान मार्ने धम्की दिएकाे भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

हिरासतमा रहेको समयमा ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार अजय सोडारी,  प्रकाश बम र सुजन पौडेलले उजुरी दिएका हुन् ।

Advertisement

प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा जेठ १७ गते नेपालले पनि भारतको जमिन मिचेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि जेठ १९ गते लैनचौरस्थित भारतीय दूतावासअघि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग रहेको र सीमा समस्याको विषयमा भारतीय ज्यादतीको अन्त्य हुनुपर्ने माग गर्दै प्रदर्शन गर्नेक्रममा उनीहरू पक्राउ परेका थिए। पक्राउ परेको आधा घण्टापछि गुरुङ सोह्रखुट्टे प्रहरी वृत्तमा पुगेर ज्यानमार्ने धम्की दिएको उजुरी पत्रमा उल्लेख छ।

तीन युवाले उजुरी दिँदै स्थलगत अनुगमन र बयान लिन, प्रहरी कार्यालयको सिसिटीभी फुटेजलगायतको संरक्षण गर्न र दोषीमाथि कारबाही सिफारिस गर्न माग गरेका छन्।

तपाइको प्रतिक्रिया
बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाखको क्षति
पूर्वउपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
रास्वपाको बन्दसत्र रोकियो
विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न लक्ष्मी सनराइज बैंकको सहयोग
विराटनगरमा डान्स बारको मनपरी : न अनुमति, न त मापदण्डको पालना
प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र अन्योलमा, महाधिवेशन लम्बिने
पासपोर्ट खरिदमा भ्रष्टाचार : १० अर्ब बिगो दाबीसहित १६ जनाविरुद्ध मुद्दा दायर
विद्यालयमा गोलीकाण्ड : तीन जना विद्यार्थीको मृत्यु
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४८औँ वर्षमा प्रवेश
सरकारी सम्पत्ति हराएको प्रकरणमा निष्पक्ष छानबिन र कडा कारबाही होस्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.