नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४८औँ वर्षमा प्रवेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १६:१३

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४७ वर्ष पूरा गर्दै ४८औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा देशभर विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाइएको छ ।

२०३६ साल असार ९ गते सुनसरीको पानीपिया जंगलमा भूमिगत रूपमा स्थापना भएको यो संगठन नेपालका यातायात श्रमिकहरूको सबैभन्दा पुरानो संगठनका रूपमा चिनिन्छ । स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । ‘हाम्रो बसपार्क, स्वच्छ बसपार्क’ भन्ने नारासहित गरिएको कार्यक्रममा मजदुर, यातायात व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

Advertisement

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ‘ज्वाला’ले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउँदै आएको बताउँदै यस वर्ष पनि देशभर सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । नयाँ बसपार्कमा गरिएको सरसफाइ अभियान दोस्रो प्रवेशद्वारबाट सुरु भई शौचालय क्षेत्र, पार्किङ स्थल, काउन्टर क्षेत्र, पेट्रोल पम्प हुँदै मुख्य प्रवेशद्वारसम्म सञ्चालन गरिएको थियो ।

करिब दुई घण्टा चलेको सरसफाइ कार्यक्रममा ठूलो संख्यामा मजदुर तथा व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, प्रमुख सल्लाहकार विजयबहादुर स्वाँर, महासचिव डेकनाथ गौतम, उपमहासचिव देविन श्रेष्ठ, लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर तथा महाप्रबन्धक पंकज मल्ललगायत सहभागी भएका थिए ।

त्यसैगरी, यातायात मजदुर संघका प्रतिनिधि, अखिल नेपाल यातायात मजदुर संघका पदाधिकारी तथा ट्राफिक प्रहरीको पनि उपस्थिति रहेको थियो । संगठनले स्थापना दिवसको अवसरमा देशभर रक्तदान, बसपार्क सरसफाइ, हाजिरीजवाफ प्रतियोगिता, आँखा शिविर, बालश्रम तथा वृद्धाश्रममा राहत वितरण, अशक्त श्रमिकलाई सहयोग र सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

संगठनले यातायात श्रमिकहरूको अधिकार, सुरक्षा र सेवा सुधारका लागि निरन्तर काम गर्दै आएको छ । यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको संगठनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया
बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाखको क्षति
पूर्वउपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
रास्वपाको बन्दसत्र रोकियो
विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न लक्ष्मी सनराइज बैंकको सहयोग
विराटनगरमा डान्स बारको मनपरी : न अनुमति, न त मापदण्डको पालना
प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र अन्योलमा, महाधिवेशन लम्बिने
पासपोर्ट खरिदमा भ्रष्टाचार : १० अर्ब बिगो दाबीसहित १६ जनाविरुद्ध मुद्दा दायर
विद्यालयमा गोलीकाण्ड : तीन जना विद्यार्थीको मृत्यु
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४८औँ वर्षमा प्रवेश
सरकारी सम्पत्ति हराएको प्रकरणमा निष्पक्ष छानबिन र कडा कारबाही होस्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.