प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र अन्योलमा, महाधिवेशन लम्बिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १७:२७

भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत सोमबार बिहान ८ः३० बजे सुरु हुनुपर्ने बन्द सत्र अझै सुरु हुन सकेको छैन । आन्तरिक विवादका कारण निर्धारित समयभन्दा ८ घण्टा बितिसक्दा पनि सुरु नभएको हो ।

महाधिवेशन प्रतिनिधिको यकिन संख्या र नामावली टुंगो लाग्न लाग्न सकेको छैन । जसका कारण बन्द सत्र ढिलो भएको हो । महाधिवेशनमा मधेश प्रदेशका ९६ प्रतिनिधि छुटेको भन्दै विवाद उत्पन्न भएको थियो । छनोट भएका प्रतिनिधिहरूको नाम, थर र ठेगानामा रहेका प्राविधिक त्रुटि सच्याउन समय लागेका कारणले पनि समस्या भएको बताइएको छ ।

Advertisement

बन्द सत्र सुरु हुन नसक्दा सोमबार दिउँसोका लागि तय गरिएको उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका प्रभावित भएको छ ।

यसले गर्दा मंगलबार सकिने भनिएको महाधिवेशनको अवधि थप एक दिन लम्बिने भएको छ । चर्को गर्मीका कारण बन्द सत्रको पखाईमा रहेका प्रतिनिधिहरूमा निराशा र आक्रोश देखिएको छ।

तपाइको प्रतिक्रिया
बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाखको क्षति
पूर्वउपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
रास्वपाको बन्दसत्र रोकियो
विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न लक्ष्मी सनराइज बैंकको सहयोग
विराटनगरमा डान्स बारको मनपरी : न अनुमति, न त मापदण्डको पालना
प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र अन्योलमा, महाधिवेशन लम्बिने
पासपोर्ट खरिदमा भ्रष्टाचार : १० अर्ब बिगो दाबीसहित १६ जनाविरुद्ध मुद्दा दायर
विद्यालयमा गोलीकाण्ड : तीन जना विद्यार्थीको मृत्यु
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४८औँ वर्षमा प्रवेश
सरकारी सम्पत्ति हराएको प्रकरणमा निष्पक्ष छानबिन र कडा कारबाही होस्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.