पूर्वउपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १८:२६

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । स्रोतका अनुसार पौडेलमाथि सेयर कारोबार तथा उनले आर्जन गरेको सम्पत्तिको स्रोतका बारेमा शंकास्पद देखिएका विषयमा अनुसन्धान भइरहेको छ । सोही अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

Advertisement

पार्टीको कार्यक्रमका लागि कर्णाली प्रदेशको सुर्खेत पुगेका बेला पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । पक्राउपछि उनलाई तत्काल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । त्यहाँबाट काठमाडौं ल्याउने तयारी भइरहेको र त्यसका लागि हवाई वा स्थलमार्गमध्ये उपयुक्त विकल्पका बारेमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

एमालेले हाल देशभरका प्रदेशमा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेका बेला पार्टीका दोस्रो वरीयताका नेतामाथि भएको कारबाहीले राजनीतिक वृत्तमा चासो बढाएको छ । सम्पत्ति शुद्धीकरण विभागसँग सम्बद्ध उच्च स्रोतका अनुसार पौडेलसँग सम्बन्धित आर्थिक गतिविधि, विशेषगरी सेयर कारोबार र सम्पत्तिको स्रोतसम्बन्धी विषयमा थप प्रमाण संकलन तथा अनुसन्धान जारी रहेको छ ।

पक्राउसँगै उनीमाथिको अनुसन्धान प्रक्रिया थप तीव्र बनाइएको स्रोतले बतायो । यस विषयमा सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरी वा एमालेका तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । अनुसन्धान जारी रहेकाले थप विवरण क्रमशः खुल्दै जाने बताइएको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण विभागले पौडेलको निवासमा छापा मारेको छ । उनलाई पक्राउ गर्नुभन्दा अगाडि काठमाडौंको भैँसेपाटीस्थित निवासमा छापा मारिएको हो । विवादित व्यवसायी दीपक भट्टसँग पौडेलको सम्बन्ध रहेको आशंका विभागले गरेको छ ।

विभागको टोली सोमबार दिउँसो १ बजे पौडेलको निवासमा पुगेको थियो । भैँसेपाटीस्थित घर जेनजी आन्दोलनमा जलाइएपछि उनी अहिले सोही क्षेत्रमा भाडाको घरमा बसिरहेका छन् । भाडाकै घरमा छापा हानिएको हो ।

तपाइको प्रतिक्रिया
 विराटनगरको एभरेस्ट कलेजमा केयूको बीआईटी सुरु
विराटनगरको एभरेस्ट कलेजमा केयूको बीआईटी सुरु
बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाखको क्षति
पूर्वउपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
रास्वपाको बन्दसत्र रोकियो
विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न लक्ष्मी सनराइज बैंकको सहयोग
विराटनगरमा डान्स बारको मनपरी : न अनुमति, न त मापदण्डको पालना
प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र अन्योलमा, महाधिवेशन लम्बिने
पासपोर्ट खरिदमा भ्रष्टाचार : १० अर्ब बिगो दाबीसहित १६ जनाविरुद्ध मुद्दा दायर
विद्यालयमा गोलीकाण्ड : तीन जना विद्यार्थीको मृत्यु
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४८औँ वर्षमा प्रवेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.