उपाध्यक्ष पौडेलको गिरफ्तारी ‘प्रतिशोधपूर्ण’ भएको ओलीकाे दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार २१:३६

काठमाडौं  । नेकपा (एमाले) ले आफ्ना उपाध्यक्ष विष्णु  पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको भन्दै विरोध जनाएको छ । पार्टीको सांगठनिक सुदृढीकरणका सिलसिलामा सुर्खेतमा रहेका बेला पौडेललाई नियन्त्रणमा लिइएपछि एमालेले यसलाई सरकारको अधिनायकवादी र प्रतिशोधपूर्ण कदमको संज्ञा दिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले साेमबार प्रेस वक्तव्य जारी गर्दै उपाध्यक्ष पौडेलको गिरफ्तारी पूर्णतः गैरकानुनी र अलोकतान्त्रिक भएको दाबी गरेका छन् । वक्तव्यमा सरकारले विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उपस्थित गराउन सकिने विकल्पलाई नियतवश लत्याएको आरोप लगाइएको छ ।

Advertisement

अध्यक्ष ओलीले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई आफ्नो पार्टी र नेतृत्वमाथि भइरहेको शृङ्खलाबद्ध प्रहार भएकाे बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षडयन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ । यसले सरकारको नाङ्गो प्रतिशोधको पराकाष्ठालाई उजागर गरेको छ ।’

एमालेका अनुसार उपाध्यक्ष पौडेल सुर्खेतको पूर्वनिर्धारित कार्यक्रम सकेर भोलिपल्टै काठमाडौँ फर्कने तयारीमा थिए । तर, असामान्य ढंगले नियन्त्रणमा लिइनुले सरकारको नियतमाथि प्रश्न उठेको एमालेको तर्क छ ।

तपाइको प्रतिक्रिया
उपाध्यक्ष पौडेलको गिरफ्तारी ‘प्रतिशोधपूर्ण’ भएको ओलीकाे दाबी
 विराटनगरको एभरेस्ट कलेजमा केयूको बीआईटी सुरु
विराटनगरको एभरेस्ट कलेजमा केयूको बीआईटी सुरु
बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाखको क्षति
पूर्वउपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
रास्वपाको बन्दसत्र रोकियो
विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न लक्ष्मी सनराइज बैंकको सहयोग
विराटनगरमा डान्स बारको मनपरी : न अनुमति, न त मापदण्डको पालना
प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र अन्योलमा, महाधिवेशन लम्बिने
पासपोर्ट खरिदमा भ्रष्टाचार : १० अर्ब बिगो दाबीसहित १६ जनाविरुद्ध मुद्दा दायर
विद्यालयमा गोलीकाण्ड : तीन जना विद्यार्थीको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.