सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार १७:०७
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते

चिमडी । सुनसरीमा डाक्टरले चलाएको ईभी कारले मंगलबार अपरान्ह मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायब निरीक्षक)को मृत्यु भएको छ । उनकी पत्नी घाइते भएकी छन् ।

हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ नरह चोकनजिक अपरान्ह १२ बजेतिर दुर्घटना भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार विराटनगरबाट बर्जु गाउँपालिकाको चिमडीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००३ प २६१२ नम्क्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

Advertisement

दुर्घटनामा परेर मोटरसाइकलमा सवार प्रहरीका वरिष्ठ सई सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा परी टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा दिउँसो ४ः१६ बजेतिर मृत्यु भएको डीएसपी खड्काले बताए ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार लालकुमारकी पत्नी ४७ वर्षीया रामपरी यादव घाइते भएकी छन् । रामपरीको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

मृतक यादव यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए । उनले आफ्नो दरबन्दी कायम भएको जिल्ला प्रहरी कार्यालय सिराहामा जान असार ६ गते रमाना लिएका थिए । त्यसअघि बारामा कार्यरत रहँदा सई (प्रहरी नायब निरीक्षक)बाट वरिष्ठ सईमा बढुवा भएपछि उनको दरबन्दी सिराहा भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रवाना बुझेर बाराबाट हिँडेको भए पनि उनी सिराहामा हाजिर भइनसकेको पाइएको छ ।

दुर्घटनालगत्तै प्रहरीले कार चालक अन्दाजी ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ घर भएका उनी रेडियोलोजिस्ट हुन् । चिमडी बजारमा एक्स–रे गर्नका लागि जाँदै गर्दा उनले चलाएको कारले दुर्घटना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनाका बेला कार तीव्र गतिमा रहेको स्थानीयले बताएका छन् । डा. चौधरी नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन् । उनलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

कारले ठक्कर दिएपछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो । स्थानीयको सक्रियतामा मोटरसाइकलको आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मोटरसाइकललाई ठक्कर दिएपछि उछिट्टिएको कार विपरीत लेनमा पुगेर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त कारको पनि अगाडिको भागमा क्षति पुगेको छ । कार चालक डा. चौधरीलाई भने कुनै पनि चोटपटक नलागेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
डाक्टर कोइरालाको क्षेत्रमा संस्थापन पक्षकाे हस्तक्षेप, क्षेत्रीय सभापतिको जिम्मेवारी खोसियो
विराटनगरको परोपकार घाटमा रहस्यमय दृश्य, मध्यरातमा निर्वस्त्र युवाहरुको अश्लील हर्कत ! (भिडियाेसहित)
विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
‘मतभेद सडकमा होइन, छलफलमै टुंग्याउनुपर्छ’
महाधिवेशन लम्बिँदा रास्वपाको नयाँ निर्णय : प्रतिनिधिबाट शुल्क नलिइने, बुझाएकाले फिर्ता पाउने
रास्वपा महाधिवेशनको बन्दसत्र : बालेन नआउँदा चासो, रविले गराए प्रतिनिधिलाई सचेत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.