दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार १७:५४

झापा । झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा दुर्घटनान हुँदा भुटानी शरणार्थी वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलडाँगी शरणार्थी शिविर (ए–४ अन्तर्गत हट नम्बर २८५)मा बसोबास गर्दै आएका ८० वर्षीय इन्द्र भट्टराई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मे १ क ८७९ नम्बरको ढलान मसला (रेडीमिक्स कङ्क्रिट) बोकेको मिक्सर ट्रकले मंगलबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

Advertisement

दुर्घटनापछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मिक्सर ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
जेनजी आन्दोलनमा भागेका कैदी लागुऔषधसहित पक्राउ
डाक्टर कोइरालाको क्षेत्रमा संस्थापन पक्षकाे हस्तक्षेप, क्षेत्रीय सभापतिको जिम्मेवारी खोसियो
विराटनगरको परोपकार घाटमा रहस्यमय दृश्य, मध्यरातमा निर्वस्त्र युवाहरुको अश्लील हर्कत ! (भिडियाेसहित)
विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
‘मतभेद सडकमा होइन, छलफलमै टुंग्याउनुपर्छ’
महाधिवेशन लम्बिँदा रास्वपाको नयाँ निर्णय : प्रतिनिधिबाट शुल्क नलिइने, बुझाएकाले फिर्ता पाउने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.