लामिछानेकाे प्रतिवेदन : रास्वपा सिध्याउन राज्यका तीनै अंगको दुरुपयोग भयाे (पूर्णपाठ)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार २१:४०

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र पार्टीविरुद्ध राज्य संयन्त्रको व्यापक दुरुपयोग भएको दाबी गरेका छन् ।  चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा ‘राजनीतिक प्रतिवेदन’ पेस गर्दै लामिछानेले यस्तो दाबी गरेका हुन् ।

सभापति लामिछानेले २०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेपछि आफूमाथि ‘नांगो राजनीतिक प्रतिशोध’ सुरु भएको बताए ।

Advertisement

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता आरोपहरूलाई ‘अनुचित’ भन्दै संसदीय छानबिन समितिको निष्कर्षविपरीत आफूलाई फसाइएको उल्लेख गरेका छन् ।

उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अंगलाई रास्वपा सिध्याउने खेलमा प्रयोग गरिएको आरोप लगाए । तर याे खेल सफल नभएकाे उनकाे भनाई छ । हिरासतमा रहँदा रातारात जेल स्थानान्तरण गरिएको र ‘अन्तिम इच्छा’ समेत सोधेर मनोवैज्ञानिक दबाब दिइएको दाबी उनकाे छ ।

राजनीतिक प्रतिशोधविरुद्ध ४० लाखभन्दा बढी नागरिकले हस्ताक्षर गरेर आफूहरूलाई साथ दिएको दाबी गर्दै उनले भनेका छन् ‘कार्यपालिका अत्याचारको कारखाना नै भयो भने न्यायपालिकाको समेत दुरुपयोग गरी चयनात्मक न्याय गरियो ।’

लामिछानेले आफू र रास्वपालाई कानुनी र राजनीतिक चक्रव्यूहमा फसाइए पनि जनताको अदालतले त्यसको फैसला गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू
रविकाे मनाेनयन पत्रमा बालेन प्रस्तावक
लामिछानेकाे प्रतिवेदन : रास्वपा सिध्याउन राज्यका तीनै अंगको दुरुपयोग भयाे (पूर्णपाठ)
उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न
उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न
जेनजी आन्दोलनमा भागेका कैदी लागुऔषधसहित पक्राउ
डाक्टर कोइरालाको क्षेत्रमा संस्थापन पक्षकाे हस्तक्षेप, क्षेत्रीय सभापतिको जिम्मेवारी खोसियो
विराटनगरको परोपकार घाटमा रहस्यमय दृश्य, मध्यरातमा निर्वस्त्र युवाहरुको अश्लील हर्कत ! (भिडियाेसहित)
विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.