मोरङको रंगेलीमा सर्पले डसेर एक जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार १९:४३

विराटनगर । मोरङको रंगेलीमा सर्पले डसेर बुधबार एक जनाको मृत्यु भएको छ ।

रंगेली नगरपालिका–८ दर्वेशाका अन्दाजी ५५ वर्षीय झमलाल ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको सरसफाइ गर्ने क्रममा दिउँसो ४ः४५ बजेतिर उनको दाहिने खुट्टामा सर्पले टोकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

सर्पले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

ताजपुरियालाई कुन प्रजातिको सर्पले टोकेको हो भनेर यकिन भइसकेको छैन । चिकित्सकले सर्पको डसाइबाटै मृत्यु भएको जानकारी प्रहरीलाई दिएका छन् । घटनाका बारेमा थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.