ग्रिनेड विस्फोटमा नेपाली सेनाका २ जना घाइते, अवस्था गम्भीर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १२:२०

धनगढी । नेपाली सेनाको ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई जना सैनिक जवान घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा बिहीबार बिहान दुर्घटना भएको हो । ब्यारेकभित्र नियमित सैन्य तालिमका क्रममा अचानक ग्रिनेड विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

Advertisement

लम्कीस्थित लालरत्न अस्पताल सम्भव नभएपछि विस्फोटमा परी घाइते भएका दुवै सैनिकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । घाइतेको नाम खुलाइएको छैन भने घटनाको पूरा विवरण प्राप्त हुन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.