विष्णु पौडेल प्रकरणमा कारण देखाऊ आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १३:२५

काठमाडौं । पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सम्बन्धित पक्षका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।

Advertisement

विभागले मन्त्री पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई श्रीराम टोवाको प्रालिको सेयर खरिदमा सहजीकरण गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ गैरकानुनी भएको दाबी गर्दै पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथिको सुनुवाइपछि अदालतले पक्राउ र हिरासतका बारेमा सम्बन्धित निकायसँग स्पष्टीकरण माग्ने गरी कारण देखाऊ आदेश जारी गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.