बिहीबार पनि घट्याे सेयर काराेबार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १५:२३

काठमाडौं । सेयर बजार लगातार चौथो कारोबार दिन पनि घटेको छ । बिहीबार बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.५० अंक घटेको हाे । आज नेप्से २६५१ अंकमा कायम भएको छ ।पछिल्लाे एक महिनाको अवधिमा नेप्से १३५ अंक घटेको छ । जेठ ११ गते नेप्से २७८६ अंकमा थियो । आज कायम भएकाे अंक फागुन १३ यताकै न्यून हो ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज २ अर्ब ८३ करोडमा खुम्चियो । यो कारोबार पनि रकम जेठ ४ यताकै न्यून हो ।

Advertisement

आज ८३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १९ को स्थिर रह्यो । उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशत बढ्यो । बैंकिङ ०.१९, विकास बैंक ०.१५, फाइनान्स ०.३६ होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.४१, लगानी ०.१६, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.४० तथा अन्य समूह ०.४७ प्रतिशत घटेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.