
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य भारी गिरावट आएको छ । मूल्य केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ५ हजार २ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार तोलाको २ लाख ८३ हजार ५ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको २ सय ५० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रूपैयाँ कायम भएको छ । बुधबार मूल्य ४ हजार ४ सय ८५ रूपैयाँ थियो ।

























