
विराटनगर । राष्ट्रीय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि नेकपा (एमाले)ले मोरङ बेलबारी नगरपालिका– ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
एमालेबाट निर्वाचित वडाध्यक्ष सुवेदी रास्वपा महाधिवेशनमा प्रतिनिधि भएर चितवन पुगेपछि एमालेले पदमुक्त गर्न सिफारिस गरेकाे हो ।
असार ९ गते बसेको जिल्ला पदाधिकारीको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए । अब केन्द्रीय कार्यालयले पदमुक्त गर्नका लागि निर्वाचन आयाेगमा पत्र पठाउनेछ ।
जिल्ला सचिव थापाका अनुसार पार्टी फेर्ने लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, रंगेली नगरपालिका– १ का वडाध्यक्ष महेशकुमार खनाल पदमुक्त भइसकेका छन् ।

























