टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ०६:४७

झापा । झापाको बिर्तामोड नगरपालिकामा टिपरको ठक्करबाट एक १० वर्षीया बालिकाको मृत्यु भएको छ । घटनापछि केहीबेर स्थानीय आक्रोशित बनेका थिए ।

आक्रोशित स्थानीय सडकमा उत्रिएपछि अवस्था केही समय तनावग्रस्त बनेको थियो । ठूलो संख्यामा परिचालित प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार बिहीबार साँझ बिर्तामोड–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी बोकेको टिपरको पैदल हिँडिरहेकी स्थानीय १० वर्षीया अनुकृति चापागाईंलाई ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । दुर्घटनापछि टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्युको खबर फैलिएसँगै स्थानीय घटनास्थलमा भेला भएका थिए । त्यसपछि बिर्ताबजारस्थित प्रहरी चौकीमा समेत करिब १५० जना स्थानीय पुगेर विरोध प्रदर्शन तथा घेराउ गरेका थिए ।

बढ्दो तनावलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न टिपरको समेत नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ आएर उजाड बगर हराभरा बनाए, नगरद्वारा ‘पोखरेली’ भन्दै सहयोग अस्वीकार
विराटनगरमा प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच भेट
रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः स्थगित
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
पाराग्वेसँग गोलरहित बराबरी, अष्ट्रेलिया अन्तिम ३२ मा
हारका बाबजुद अमेरिकाले सम्हाल्यो समूह शीर्षता
होल्डिङ सेन्टरबाट तत्काल नहटाइने, सुकुम्वासीलाई थप सात दिनको समय
रास्वपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ४० हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन
लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.