रास्वपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ०९:५१

चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्व चयन प्रक्रियाअन्तर्गत आज (शुक्रबार) पदाधिकारीका लागि मतदान हुँदैछ । पहिलो चरणमा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएपछि दोस्रो चरणमा पदाधिकारी चयनको प्रक्रिया अघि बढाइएको हो ।

पार्टीको निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी पूरा भएको जनाएको छ । मतदानबाट रास्वपाका ६ पदाधिकारी चयन हुनेछन् । निर्वाचनमा एक जना खुला उपसभापति, एक जना महिला उपसभापति, एक जना खुला महामन्त्री, दुई जना खुला सहमहामन्त्री तथा एक जना महिला सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ ।

Advertisement

रास्वपाको विधानअनुसार पार्टीमा कुल १९ जना पदाधिकारी रहने व्यवस्था छ । तीमध्ये सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदमध्ये वरिष्ठ नेताको जिम्मेवारीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई मनोनयन गरिने निश्चित भएको नेताहरूले बताएका छन् ।

विधानले उपसभापतिमा तीन जना रहने व्यवस्था गरेको छ । जसमा एक खुला, एक महिला र एक मनोनीत हुनेछन् । पुरुषतर्फको एक उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, दुई जना महामन्त्रीमध्ये एक जना मनोनीत गरिने व्यवस्था छ ।

सहमहामन्त्री पाँच जना रहने प्रावधानअनुसार दुई जना खुला, एक जना महिला र दुई जना मनोनीत हुनेछन् । त्यसैगरी एक जना प्रवक्ता तथा तीन जना सहप्रवक्ता रहनेछन् । जसमा सहप्रवक्तामध्ये एक जना महिला अनिवार्य रहने व्यवस्था छ । यी सबै पद मनोनयनमार्फत पूर्ति गरिनेछन् ।

यस्तै, पार्टीको विधानले एक जना कोषाध्यक्ष र दुई जना सहकोषाध्यक्ष पनि समावेशी सिद्धान्तका आधारमा मनोनयन गर्ने व्यवस्था गरेको छ । मतदानबाट निर्वाचित हुने पदाधिकारीहरूले रास्वपाको नयाँ संगठनात्मक संरचनालाई पूर्णता दिनेछन् । बाँकी मनोनयन हुने पदहरू पार्टी नेतृत्वले विधानअनुसार पछि टुंग्याउनेछ ।

तपाइको प्रतिक्रिया
मोरङ आएर उजाड बगर हराभरा बनाए, नगरद्वारा ‘पोखरेली’ भन्दै सहयोग अस्वीकार
विराटनगरमा प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच भेट
रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः स्थगित
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
पाराग्वेसँग गोलरहित बराबरी, अष्ट्रेलिया अन्तिम ३२ मा
हारका बाबजुद अमेरिकाले सम्हाल्यो समूह शीर्षता
होल्डिङ सेन्टरबाट तत्काल नहटाइने, सुकुम्वासीलाई थप सात दिनको समय
रास्वपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ४० हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन
लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.