होल्डिङ सेन्टरबाट तत्काल नहटाइने, सुकुम्वासीलाई थप सात दिनको समय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार १०:०५

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासी परिवारलाई तत्काल नहटाउने निर्णय गर्दै सेन्टर खाली गर्न थप एक साताको समय दिएको छ । यसअघि तोकिएको समयसीमा सकिन लागेपछि सम्बन्धित निकायले नयाँ सूचना जारी गर्दै असार १९ गतेसम्मको म्याद थप गरेको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक गरेको सूचनाअनुसार होल्डिङ सेन्टरमा रहेका परिवारले अब असार १९ गतेभित्र वैकल्पिक बसोबासको व्यवस्था गरी सेन्टर खाली गर्नुपर्नेछ । यसअघि शुक्रबारसम्म सेन्टर छाड्न निर्देशन दिइएको थियो ।

Advertisement

होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरू भने आफूहरूलाई जबर्जस्ती हटाउन नहुने र राज्यले दीर्घकालीन तथा दिगो पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने मागमा अडिग छन् । उनीहरूले सरकारले बलपूर्वक हटाए आफूहरू पुनः पुरानै स्थानमा फर्किएर अस्थायी छाप्रो बनाएर बस्ने चेतावनीसमेत दिँदै आएका छन् ।

यसअघि गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाबाट विस्थापित भएका सुकुम्वासी परिवारको पुनर्स्थापनालाई सहजीकरण गर्न विभिन्न राहत तथा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार पुनर्स्थापनाका लागि प्रत्येक परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

त्यसैगरी, वैकल्पिक बसोबास आफैं व्यवस्थापन गर्नुपर्ने परिवारलाई तीन महिनासम्म मासिक घरभाडा सहायता पनि दिइने व्यवस्था गरिएको छ । पाँच सदस्यसम्म रहेको परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ भने पाँचभन्दा बढी सदस्य भएका परिवारका हकमा थप प्रत्येक सदस्य बराबर मासिक २ हजार रुपैयाँका दरले अतिरिक्त रकम प्रदान गरिने सरकारको निर्णय छ ।

समितिले उक्त सहायता रकम प्राप्त गर्न इच्छुक परिवारलाई असार १५ गतेभित्र आफ्नो बैंक खाताको विवरणसहित निवेदन पेस गर्न आग्रह गरेको छ । सरकारले आर्थिक सहायता र थपिएको समयसीमामार्फत सुकुम्वासी परिवारलाई व्यवस्थित रूपमा वैकल्पिक बसोबासतर्फ स्थानान्तरण गराउने तयारी गरेको भए पनि प्रभावित परिवारहरूले भने स्थायी पुनर्स्थापनाको सुनिश्चितता नभएसम्म होल्डिङ सेन्टर छाड्न तयार नरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
मोरङ आएर उजाड बगर हराभरा बनाए, नगरद्वारा ‘पोखरेली’ भन्दै सहयोग अस्वीकार
विराटनगरमा प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच भेट
रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः स्थगित
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
पाराग्वेसँग गोलरहित बराबरी, अष्ट्रेलिया अन्तिम ३२ मा
हारका बाबजुद अमेरिकाले सम्हाल्यो समूह शीर्षता
होल्डिङ सेन्टरबाट तत्काल नहटाइने, सुकुम्वासीलाई थप सात दिनको समय
रास्वपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ४० हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन
लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.