विराटनगरमा प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच भेट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ११:४८

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता गरेका छन् ।

तीन नेताहरुबीच देशको समसामयिक राजनीतिक अवस्था, विकसित राजनीतिक घटनाक्रम, संसद्को भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा विचारविमर्श भएको जनाइएको छ । पछिल्लो समय मुलुकको राजनीतिक परिस्थितिका विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच निरन्तर संवाद र परामर्श चलिरहेका बेला विराटनगरमा भएको यो भेटलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।

Advertisement

यद्यपि, शुक्रबार बिहान भएको भेटमा भएका छलफलको विस्तृत विषय सार्वजनिक गरिएको छैन । राजनीतिक वृत्तमा भने सरकारको कार्यशैली, संसद्को अवस्था, राष्ट्रिय सहमति आवश्यक पर्ने विषय तथा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि नेताहरूबीच विचार आदानप्रदान भएको हुन सक्ने आकलन गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.