डिभाइडरमा ठाेक्किएकाे मोटरसाइकललाई टिपरले किच्याे, चालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १३, शनिबार १८:१५

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ स्थित कालाबन्जर चोकमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घिनाघाट सडक खण्डमा नेताचोकबाट हरैचाँतर्फ जाँदै गरेको को २५ प ५३१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो ।

Advertisement

डिभाइडरमा ठोक्किएर सडकको विपरीत दिशामा उछिट्टिएका मोटरसाइकल चालकलाई विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ७६५८ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

प्रहरीले मृतकको शव परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ । दुर्घटनामा संलग्न टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनापश्चात् टिपर चालक फरार छन् । प्रहरीले फरार चालकको खोजी कार्य तीव्र बनाएको छ ।  घटनाकाे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.