भाेलि र पर्सि भारी वर्षाकाे सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १५, सोमबार ०५:५८

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो । यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला/नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ ।

Advertisement

दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको हो ।

प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
 आलुको बोरामुनि लुकाएर लैजाँदै गरेको ७७५ केजी गाँजा बरामद
आलुको बोरामुनि लुकाएर लैजाँदै गरेको ७७५ केजी गाँजा बरामद
अमेरिका-इरान फेरि तनाव : अन्तरिम सम्झौता संकटमा
आज असार १५ : धान दिवससहित दही चिउरा खाएर मनाइँदै
६ प्रदेशमा वर्षाको सम्भावना 
माैसम : तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना
विश्वकप फुटबल : क्यानडा पहिलोपटक अन्तिम १६मा
भाेलि र पर्सि भारी वर्षाकाे सम्भावना
कोशी प्रदेश बजेट विवाद: सत्तारुढ सांसदकै चर्को असन्तुष्टि र हस्ताक्षर अभियान
विराटनगरमा ‘जलवायु सिकाइ’ गोष्ठी सम्पन्न
विराटनगरमा ‘जलवायु सिकाइ’ गोष्ठी सम्पन्न
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
कम्युनिस्ट आन्दोलन सकिएको छैन, नयाँ पुस्ताको आकांक्षा बुझ्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.