सुनचाँदीको मूल्यमा गिरावट 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १५, सोमबार ११:०७
  सुनको मूल्य घट्यो 

विराटनगर । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुन प्रतितोला १ हजार ४ सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

साताको दोस्रो दिन सोमबार बजारमा सुन प्रतितोला दुई लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार बजारमा सुन प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, सोमबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार बजारमा चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.