अमेरिका-इरान फेरि तनाव : अन्तरिम सम्झौता संकटमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १५, सोमबार ०८:०६

काठमाडौं । अमेरिका र इरानबीच भएको अन्तरिम सम्झौता संकटमा परेको छ । दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघनको गम्भीर आरोप लगाउँदै पुनः भीषण सैन्य कारबाही सुरु गरेपछि शान्ति सम्झाैता संकटमा परेकाे हाे । पछिल्लाे समय मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा अमेरिकी सेनाले आइतबार इरानका विभिन्न रणनीतिक सैन्य ठेगानाहरूमा शक्तिशाली हवाई आक्रमण गरेको छ । त्यसको केही घण्टाभित्रै प्रतिवाद गर्दै इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएर मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

Advertisement

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको निगरानी प्रणाली, सञ्चार संरचना, हवाई प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारणस्थल र समुद्री माइन बिछ्याउने क्षमता भएका केन्द्रहरूलाई लक्षित गरी हमला गरिएको हो । शनिबार बिहान एउटा तेल ट्यांकर ‘किकु’ माथि भएको आक्रमणको प्रत्यक्ष जवाफस्वरूप यो कारबाही गरिएको वासिङ्टनको दाबी छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई कडा चेतावनी दिएका छन् । युद्धविरामको बारम्बार उल्लंघन भएपछि इरानी मिसाइल र राडार प्रणाली ध्वस्त पारिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘एउटा यस्तो समय आउन सक्छ, जब अमेरिका सम्झाउने वा व्यावहारिक बन्ने स्थितिमा रहने छैन र सैन्य रूपमा आफ्नो अभियान पूरा गर्नेछ । यदि त्यस्तो अवस्था आयो भने इस्लामिक रिपब्लिक अफ इरानको अस्तित्व नै रहने छैन ।’

ट्रम्पको यो धम्कीपूर्ण अभिव्यक्तिपछि कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको छ भने बहराइनको गृह मन्त्रालयले देशभर खतराको साइरन बजाउँदै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको समाचारमा जनाइएकाे छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले कुवेत र बहराइनमा रहेका आठवटा अमेरिकी सैन्य अखडाहरूलाई आफ्नो नौसेना र वायुसेनाले संयुक्त आक्रमण गरी पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया
 आलुको बोरामुनि लुकाएर लैजाँदै गरेको ७७५ केजी गाँजा बरामद
आलुको बोरामुनि लुकाएर लैजाँदै गरेको ७७५ केजी गाँजा बरामद
अमेरिका-इरान फेरि तनाव : अन्तरिम सम्झौता संकटमा
आज असार १५ : धान दिवससहित दही चिउरा खाएर मनाइँदै
६ प्रदेशमा वर्षाको सम्भावना 
माैसम : तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना
विश्वकप फुटबल : क्यानडा पहिलोपटक अन्तिम १६मा
भाेलि र पर्सि भारी वर्षाकाे सम्भावना
कोशी प्रदेश बजेट विवाद: सत्तारुढ सांसदकै चर्को असन्तुष्टि र हस्ताक्षर अभियान
विराटनगरमा ‘जलवायु सिकाइ’ गोष्ठी सम्पन्न
विराटनगरमा ‘जलवायु सिकाइ’ गोष्ठी सम्पन्न
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
कम्युनिस्ट आन्दोलन सकिएको छैन, नयाँ पुस्ताको आकांक्षा बुझ्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.