लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १४, आइतबार १६:४२
लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ 

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउन सगुरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर रानी नाकाको २ नम्बर ढाटबाट भारतको पश्चिम बंगाल, दक्षिण दिनाजपुर थाना गंगारामपुरका ३२ वर्षीय चंचल सिकदारलाई लागुऔषधिसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका सिकदारलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर फेला परेको हो । उसले बोकेको २ वटा टिफिन बट्टाभित्र लुकाई छिपाइ ल्याउँदै गरेको २८९ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित सिकदारलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
कम्युनिस्ट आन्दोलन सकिएको छैन, नयाँ पुस्ताको आकांक्षा बुझ्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
एमाले अध्यक्ष ओली भन्छन् : ‘धुलो टक्टक्याउँदै फेरि उठेर्छौं’
परिस्थिति अनुसार विचार बदल्न नसक्नेहरू कहिँ पुग्दैनन् : प्रचण्ड
लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ 
लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ 
कांग्रेस मिलाउन महानगर सभापतिहरूको ‘मिसन’: डा. कोइरालासँग भेट 
कांग्रेस मिलाउन महानगर सभापतिहरूको ‘मिसन’: डा. कोइरालासँग भेट 
विश्वकप २०२६ः राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टोलीको भिडन्त कोसँग ?
विश्वकप २०२६ः राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टोलीको भिडन्त कोसँग ?
थुम्लुङमा पुल निर्माण हुँदै 
थुम्लुङमा पुल निर्माण हुँदै 
सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?
अपराजित रहदै अर्जेन्टिना नकआउट चरणमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.