कोशी योजना आयोगको सदस्यमा अनिल थापा नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १५, सोमबार १५:२७

विराटनगर । कोशी प्रदेश योजना आयोगको रिक्त रहेको सदस्य पदमा अनिल थापा नियुक्त भएका छन् ।

कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठक थापालाई सदस्य नियुक्त गर्ने निर्णय लिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नवनियुक्त सदस्य थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन् । योजना आयोगको रिक्त सदस्य पदमा नियुक्त भएका थापाले शपथसँगै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

कोशी प्रदेश योजना आयोग प्रदेश सरकारको विकास नीति, योजना तर्जुमा, बजेट प्राथमिकता निर्धारण, दीर्घकालीन विकास रणनीति तथा योजनाको अनुगमन र मूल्यांकनमा सुझाव दिने महत्वपूर्ण निकाय हो । सदस्यको नियुक्तिसँगै आयोगको कार्यसम्पादन थप प्रभावकारी बन्ने प्रदेश सरकारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.