ढुंगाले लागेर घाइते भएका पुरुषको विराटनगरमा मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार १२:११

विराटनगर । ढुंगाले लागेर घाइते भएका एक जना पुरुषको विराटनगरमा मृत्यु भएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङतेवाका ६८ वर्षीय बागसिङ कार्कीको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

खेतमा पानी ल्याउनका लागि कुलोको मुहान सफा गरेर घर फर्किने क्रममा भिरबाट खसेको ढुंगाले लागेर उनी गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार सोमबार दिउँसो ४ बजेतिर ढुंगाले लागेर कार्कीको टाउकोमा चोट लागेको थियो ।

Advertisement

उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मंगलबार बिहान ४ बजेतिर मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.