देशभर मनसुन सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार २०:०८

काठमाडौं । यस वर्षको मनसुन प्रणाली आज (मंगलबार)देखि नेपालभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको बाँकी भू–भागमा समेत मनसुन विस्तार भएसँगै देशभर मनसुनी प्रभाव कायम भएको छ ।

विभागका अनुसार यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो नेपाल भित्रिएको थियो । मनसुन देशभर फैलिन भने १२ दिन लागेको छ। सामान्यतया नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गरेपछि करिब एक साताभित्र देशभर फैलिने गर्छ । तर, यस वर्ष विस्तारको प्रक्रिया अपेक्षाकृत ढिलो भएको विभागले जनाएको छ ।

Advertisement

यस वर्षको मनसुन जुन १९ मा नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको थियो । प्रारम्भिक चरणमा कोशी प्रदेशका केही जिल्लामा मात्रै मनसुन सक्रिय भएको थियो । त्यसपछि जुन २२ सम्म आइपुग्दा कोशी प्रदेशको सम्पूर्ण भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुन विस्तार भएको थियो ।

मंगलबारदेखि भने बाँकी सबै क्षेत्रसमेत समेट्दै मनसुन प्रणाली देशभर फैलिएको विभागले पुष्टि गरेको छ । नेपालमा सामान्यतया मनसुन जुन १३ तारिखतिर पूर्वी नाकाबाट प्रवेश गर्ने र करिब सात दिनभित्र देशभर फैलिने विभागको पुरानो अभिलेखले देखाउँछ । तर, यस वर्ष प्रवेश नै औसतभन्दा ६ दिन ढिलो भएकाले देशव्यापी विस्तार पनि अपेक्षाभन्दा केही ढिलो भएको हो ।

मनसुन देशभर सक्रिय भएसँगै आगामी दिनमा अधिकांश स्थानमा वर्षाको सम्भावना बढेको छ । विभागले विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले बाढी र पहिरो तथा तराईमा डुबानको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
मुहर्रममा नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
देशभर मनसुन सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : कारागारभित्रको ‘साम्राज्य’देखि सम्पत्ति शुद्धीकरणसम्म
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी
९ लाख रूपैयाँ बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजार बराबरको नष्ट
महान्यायाधिवक्ता कँडेलको योग्यता विवादमा सर्वोच्चको नयाँ आदेश
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण : भट्ट र अग्रवालको फाइल मगाइयो
चिया व्यापार फेरि लयमा, भारततर्फ निर्यात सुरु
पीआर र डिभी लिने ४ कर्मचारी कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.