मानुषी लघुवित्तको जीवन विकाससँगको मर्जर हुने प्रस्ताव पारित

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार १५:०२
मानुषी लघुवित्तको जीवन विकाससँगको मर्जर हुने प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काभ्रेको बनेपामा आयोजित सभाले संस्थाको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

साधारण सभाको मुख्य आकर्षणको रूपमा रहेको जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग मर्जर (एकीकरण) हुने विशेष प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको छ । यस मर्जरपछि संस्थाको पुँजीगत आधार बलियो हुने र सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१ / ०८२ को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । साथै, संस्थाको कार्यसम्पादनलाई थप गति दिनका लागि सभाले २ जना सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन समेत गरेको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तले हाल १४ जिल्लामा ३६ वटा शाखाहरू मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाको वित्तीय अवस्था सुदृढ देखिन्छ, जसमा १० करोड ९३ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९ सय ५० रुपैयाँ सञ्चित रहेको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी, ७ हजार प्रतिनिधि जुट्दै
अब नयाँ विमानस्थल निर्माण गर्न पूरा गर्नुपर्छ यी ५ मापदण्ड
विराटनगरको रंगमञ्चमा अतीत र साया
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
करुणाको संस्कार: असल मानवदेखि उत्कृष्ट राष्ट्र निर्माणसम्म  
करुणाको संस्कार: असल मानवदेखि उत्कृष्ट राष्ट्र निर्माणसम्म  
९० वर्षीय पूर्वप्रहरीलाई सम्मान गर्न घरमै पुगे कोशी प्रहरी प्रमुख
प्रधानमन्त्रीले भने, ‘गरिबलाई ७५ हजारसम्म अनुदान, मध्यम आयकालाई किस्तामा घर’
पश्चिम नेपालबाट बाहिरिन थाल्यो मनसुन
जी–७ ले रणनीतिक भण्डारबाट १० करोड ब्यारेल तेल बजारमा ल्याउने
कांग्रेस विभाजन भएको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो हो : शर्मा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×