उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना, महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार ०७:५०

उदयपुर । उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ फुस्रेमा बिहीबार दिउँसो २ः४५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २८४२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार उदयपुरगढी–३ बर्रेकी २८ वर्षीया यमुना विकको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक यमुनाका पति २८ वर्षीय यमबहादुर विक सामान्य घाइते भएका छन् । उनको उपचार जारी छ ।

दुर्घटनालगत्तै प्रहरीले ट्रक र चालक सप्तरीको सुरुंगा नगरपालिका–१ का ४४ वर्षीय एकबहादुर खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । दुवै सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
स्विट्जरल्यान्डको प्रभावशाली प्रदर्शन, अल्जेरियालाई पाखा लगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्य बढ्यो 
बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 
बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 
सीमावर्ती क्षेत्रमा बढ्दो चुनौतीबीच मोरङमा सशस्त्र र सीमावासीबीच संवाद
इटहरीका व्यवसायीको साझा माग: ‘‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
इटहरीका व्यवसायीको साझा माग: ‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
 राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
दोहोरो नागरिकता र राहदानीमा पक्राउ
धरान घर भएका दिनेश भट्टराई इटहरीबाट पक्राउ
उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना, महिलाको मृत्यु
भूकम्पको भग्नावशेषबाट ८ दिनपछि जीवितै उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.