नेपालका दुवै प्रहरी प्रमुख न्युयोर्क प्रस्थान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार २०:५०
 नेपालका दुवै प्रहरी प्रमुख न्युयोर्क प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा आयोजना हुने पाँचौँ ‘युएन पुलिस समिट’ मा सहभागी हुन नेपालका दुवै सुरक्षा निकायका प्रमुखहरू आइतबार अमेरिका प्रस्थान गरेका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेल समिटमा भाग लिन न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । असार २३ र २४ गते सञ्चालन हुने उक्त उच्चस्तरीय सम्मेलनमा विश्वभरका प्रहरी प्रमुखहरूको सहभागिता रहने छ ।

Advertisement

सम्मेलनमा विश्वव्यापी सुरक्षा चासो र प्रहरी कार्यमा भित्रिएका आधुनिक प्रविधिका विषयमा बृहत् छलफल हुने कार्य तालिका छ। विशेष गरी  ‘रिफ्लेक्सन अन द फ्युचर अफ युएन पुलिस’,  ‘लेभरेजिङ न्यु टेक्नोलोजी’ (नयाँ प्रविधिको अधिकतम प्रयोग) र अन्तर्राष्ट्रिय सुरक्षा सहयोग सुदृढीकरण जस्ता विषयमा सत्रहरू सञ्चालन हुनेछन् । यस्तै, शान्ति स्थापना कार्यलाई थप प्रभावकारी बनाउन भाषा तालिम र ‘जेन्डर रेस्पोन्सिभ पोलिसी’ (लैंगिक उत्तरदायी नीति) का विषयमा पनि एजेन्डा तय गरिएको छ।

भ्रमणका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विभिन्न देशका सुरक्षा निकायका प्रतिनिधिहरूसँग  ‘साइडलाइन’ वार्ता गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरूसँगै संयुक्त अरब इमिरेट्स (युएई) को प्रतिनिधिमण्डलसँग समेत द्विपक्षीय हित र सुरक्षा सहयोगका विषयमा छलफल गर्ने जनाइएको छ।
न्युयोर्क प्रस्थान गर्नुअघि दुवै संगठनका प्रमुखहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) लगायतका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए ।

आइजिपी कार्कीको अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कार्यको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले सम्हाल्ने गरी तोकिएको छ ।

यो सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सुरक्षाकर्मीको भूमिकालाई थप सुदृढ बनाउन र आधुनिक सुरक्षा प्रविधिबारे अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत
कोशी प्रदेश सरकारलाई हामी सहयोग गर्छौंः थापा
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
बालिका हत्या प्रकरण : आरोपीको बयान हुँदा भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ
विराटनगरमा आयोजित शिविरमा एक सय जनाको दन्त परीक्षण
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×