पहाडमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार ०६:३७

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (सोमबार) पनि अधिकांश स्थानमा बदली रहने र विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा औसत स्थानभन्दा दक्षिणतर्फ र पश्चिमी भागमा औसत स्थानकै आसपास रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले खाेजे प्रधानमन्त्री
नेप्सेका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा
धरान औद्योगिक क्षेत्रमा ५ उद्योगको लिज खारेज, ३५ करोडको नयाँ लगानी
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
प्रदेशका मन्त्री र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीकाे चेतावनी
  सुनको मूल्य घट्यो 
साताको दोस्रो पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
पहिलो पटक विदेशी अधिकारीसँग भेट गर्दै प्रधानमन्त्री बालेन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.