प्रदेशका मन्त्री र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीकाे चेतावनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार ११:५९

काठमाडौं ।  केही समयअघि निर्माण व्यवसायीकाे खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि चर्चामा आएका पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयहरुसँग कुरा गर्दै उनले काम नगर्ने प्रदेशकामन्त्रीलाई पनि थुन्ने चेतावनी दिएका हुन् । ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्,  आवश्यक कारबाही गर्छौं, प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी’, उनले भने,’‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस् । त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।’

यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिका कारण उनको आलोचना भएको थियो । अहिले फेरि उनले प्रदेशका मन्त्री नै थुन्ने चेतावनी दिएका हुन् । उनले यस्तो चेतावनी दिएको भिडियो क्लिप अहिले सोसल मिडियामा भाइरल छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम थियो । त्यहाँ उनले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने उल्लेख गरेका थिए ।

तपाइको प्रतिक्रिया
सडकमा युवतीलाई अश्लिल अंग देखाउने कर्मचारी पक्राउ
संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले खाेजे प्रधानमन्त्री
नेप्सेका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा
धरान औद्योगिक क्षेत्रमा ५ उद्योगको लिज खारेज, ३५ करोडको नयाँ लगानी
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
प्रदेशका मन्त्री र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीकाे चेतावनी
  सुनको मूल्य घट्यो 
साताको दोस्रो पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
क्षयरोगीलाई पोषणयुक्त खाद्यान्न वितरण: औषधिसँगै आहारको पनि सहारा
मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.