कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन ७ दिने अल्टिमेटम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १९:५१

विराटनगर । कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गामा बनेका अनधिकृत संरचना खाली गर्न सात दिने अन्तिम सूचना जारी गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले आइतबार अस्पतालको अनुगमन गर्दै अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएपछि अस्पताल प्रशासनले सोमबार  सूचना जारी गरेकाे हाे ।

यसअघि असार ५ गते १५ दिन भित्र खाली गर्न सूचना जारी गरेकाे थियाे । साे म्यादलाई सरोकारवाला निकालये संरचना खाली गरेनन् ।

अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले ३० भन्दा बढी व्यावसायिक सटर बनाएर भाडा उठाइरहेका छन् ।

आइतबार साँझ गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले संयुक्त रूपमा निरीक्षण गर्दै अस्पतालको गुरुयोजना कार्यान्वयन गर्न र सरकारी सम्पत्तिको दोहन रोक्न जग्गा खाली गराउन निर्देशन दिएका थिए ।

प्रतिनिधिसभा बैठकमा समेत सांसद रुविना आचार्यले सरकारको ध्यानाकर्षण गराएकी थिइन् । साेमबार अस्पतालले माइकिङमार्फत पनि संरचना खाली गर्न सचेत गरेकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.