
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक भएकाे हाे ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।
पूरक परीक्षा असार १ देखि ७ सम्म सञ्चालन भएको थियो ।
बोर्डका अनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन ग्रेडिङमा परेका थिए ।

























