
काठमाडाैं । एसियाली विकास बैंक (एडीबीले)ले नेपाललाई साढे ३ खर्ब रुपैयाँ बराबरकाे सहयाेग गर्ने भएकाे छ । आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनका लागि आगामी ३ वर्षभित्र साढे ३ खर्ब रुपैयाँ सहयोग गर्ने भएको हाे ।
प्रधानमन्त्री बालेन शाहसँगको भेटलगत्तै एडीबी अध्यक्ष मासातो कान्दाले सन् २०२९ सम्म थप २.४ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउने बताएका हुन् ।
अध्यक्ष कान्दाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई प्राप्त भएको बलियो जनादेशका लागि बधाई दिँदै नेपालको विकास र आर्थिक सुधारका कार्यक्रमलाई बैंकको पूर्ण साथ रहने बताएका छन् ।
उनले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी विस्तारका लागि सरकारले अघि सारेका महत्वाकांक्षी सुधार कार्यक्रमलाई एडीबीले प्राथमिकताका साथ सहयोग गर्ने उल्लेख गरेका छन् । साथै, एडीबीले नेपालका लागि सबैभन्दा ठूलो विकास साझेदारका रूपमा थप सक्रिय हुने उनको भनाइ छ ।



















