माइतीघरमा करेन्ट लागेर विराटनगरकी सञ्जुको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार ११:५०

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारमा करेन्ट लागेर बुधबार बिहान एक जना महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–५ की २० वर्षीया सञ्जु सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहनीलाई कटहरी–४ स्थित माइतीघरमा बिहान ७ः१५ बजेतिर पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

पानीको कल चलाउने क्रममा करेन्ट लागेर सहनीको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार सञ्जु माइतीघरमा रहेका बेला कलमा जडान गरिएको पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.