एमाले सांसद राईले सभामुखलाई तपाईं कान सुन्नु हुन्छ कि हुन्न भनेपछि…

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १३:२१

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठक सभामुख डोलप्रसाद अर्याल र नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईबीचको विवादका कारण केही समय तनावपूर्ण बनेको छ ।

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने अभिव्यक्ति दिएपछि सभामुख अर्यालले त्यसप्रति आपत्ति जनाएका थिए । त्यसपछि राईको माइक काटेर सभामुखले एमाले सांसद परशुराम तामाङलाई समय दिएका थिए । तीन पटकसम्म नाम बोलाउँदा पनि तामाङ नउठेपछि एमाले सांसदहरूले राईलाई बोल्न नदिएको भन्दै विरोध जनाएका थिए ।

विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौला ज्वालाले प्रतिनिधिसभा नियमावलीको दफा २१ (ख)को व्यवस्था स्मरण गराउँदै सभामुखप्रति प्रयोग गरिएको भाषा असंसदीय भएको उल्लेख गरी उक्त शब्दहरू अभिलेखबाट हटाउन माग गरिन् । त्यसपछि सभामुख अर्यालले राईले प्रयोग गरेका शब्दहरू संसदीय अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिए ।

केहीबेरका लागि स्थगित बैठक पुनः सुरु भएपछि सांसद राईले आवेशमा बोल्दा समस्या हुने स्वीकार गर्दै संसद्को विधि, प्रक्रिया र थितिप्रति आफ्नो सम्मान रहेको बताए । उनले सरकार प्रतिपक्षका मागप्रति गम्भीर नभएको आरोप लगाउँदै संवाद र सहमतिका आधारमा अघि बढ्न आग्रह गरे । तर, त्यसक्रममा उनले सभामुखको कार्यशैलीप्रति पुनः असन्तुष्टि व्यक्त गरेपछि सदनमा फेरि होहल्ला भएको थियो । बैठक पुनः प्रभावित बन्यो ।

यसैबीच, सांसद एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद् बैठक स्थगित भएपछि सामाजिक सञ्जालमार्फत संसद् सञ्चालनमा परिपक्वताको अभाव देखिएको टिप्पणी गरेका छन् । उनले जनप्रतिनिधि चयन गर्दा विवेकपूर्ण निर्णय गर्न नागरिकलाई आग्रह गर्दै वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
सरकारको उद्देश्य व्यवसायी थुन्ने होइन, देश बनाउने हो : प्रधानमन्त्री
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : व्यवसायीको जग्गा हडप्दै, श्रीमतीको नाममा राख्दै
‘ह्वीप’को सहारामा कोशी प्रदेशको बजेट पारित
विराटनगरको कोशी अस्पतालमा उपचाररत ज्यान मुद्दाका बन्दीको मृत्यु
एमाले सांसद राईले सभामुखलाई तपाईं कान सुन्नु हुन्छ कि हुन्न भनेपछि…
विराटनगरमा गाँजासहितको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता
माइतीघरमा करेन्ट लागेर विराटनगरकी सञ्जुको मृत्यु
कोशी प्रदेश : बजेट पारित गर्न एमाले र कांग्रेसद्वारा ‘ह्वीप’ जारी
सुनचाँदीको मूल्य घट्यो
वीपी प्रतिष्ठानमा बिरामीलाई प्रलोभन देखाउने १० जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.