विराटनगरको कोशी अस्पतालमा उपचाररत ज्यान मुद्दाका बन्दीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १३:३५

विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत ज्यान मुद्दाका एक जना बन्दीको बुधबार बिहान मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय सन्देश राईको मृत्यु भएको हो ।

कर्तव्य ज्यान मुद्दाका बन्दी रहेका राईलाई उपचारका लागि असार १८ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार बिहान ५ बजेतिर मृत्यु भएको मोरङ कारागारका प्रशासक राजन घिमिरले बताए ।

राईलाई जिल्ला अदालत पाँचथरले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न २०८२ मंसिर ७ गते आदेश दिएको थियो । अदालतको आदेशसँगै जिल्ला कारागार पाँचथरमा राखिएका उनी बिरामी परेपछि जिल्ला अस्पताल फिदिममा उपचार गराइएको थियो ।

फिदिममा सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरियो । विराटनगर ल्याएर असार १८ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचाररत अवस्थामा राईको सुरक्षा व्यवस्था भने मोरङ कारागारले मिलाउँदै आएको कारागार प्रशासक घिमिरेले बताए ।

‘सन्देश राई पाँचथर कारागारकै बन्दी हुन् । उपचारका लागि विराटनगर ल्याइएको हो । उपचारका क्रममा उनको सुरक्षाका लागि कर्मचारी र सुरक्षाकर्मी मात्रै मोरङ कारागारबाट खटाइएको हो,’ घिमिरेले भने । उनका अनुसार उपचारमा संलग्न चिकित्सकले राईलाई मुटु, म्रिगौला र फोक्सोको पुरानै समस्या रहेको बताएका छन् ।

उनलाई पछिल्लो समय अचानक सास फेर्न गाह्रो हुने र शरीर सुन्निने समस्या देखिएको कारागारले जनाएको छ । राईविरुद्धको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत पाँचथरमा विचाराधीन छ । मुद्दा विचाराधीन हेकै अवस्थामा उनको मृत्यु भएको छ ।

राईको मृत्युको जानकारी उनको परिवारका सदस्य र आफन्तलाई दिइसकिएको कारागारले जनाएको छ । मोरङ कारागारका प्रशासक घिमिरेले राईको शव पाँचथर कारागारलाई नै जिम्मा लगाइने बताए । ‘हामी शव पाँचथरलाई जिम्मा लगाउँछौं । अरु प्रक्रिया उतैबाट अघि बढ्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
सरकारको उद्देश्य व्यवसायी थुन्ने होइन, देश बनाउने हो : प्रधानमन्त्री
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : व्यवसायीको जग्गा हडप्दै, श्रीमतीको नाममा राख्दै
‘ह्वीप’को सहारामा कोशी प्रदेशको बजेट पारित
विराटनगरको कोशी अस्पतालमा उपचाररत ज्यान मुद्दाका बन्दीको मृत्यु
एमाले सांसद राईले सभामुखलाई तपाईं कान सुन्नु हुन्छ कि हुन्न भनेपछि…
विराटनगरमा गाँजासहितको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता
माइतीघरमा करेन्ट लागेर विराटनगरकी सञ्जुको मृत्यु
कोशी प्रदेश : बजेट पारित गर्न एमाले र कांग्रेसद्वारा ‘ह्वीप’ जारी
सुनचाँदीको मूल्य घट्यो
वीपी प्रतिष्ठानमा बिरामीलाई प्रलोभन देखाउने १० जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.