रंगेलीको पार्वतीमा रोपियो फूलका बिरुवा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १७:४०

रंगेली । मोरङको रंगेली नगरपालिका–९ स्थित पार्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका छन् ।

विद्यालय परिसरलाई हराभरा, स्वच्छ र आकर्षक बनाउने लक्ष्यसहित आयोजित वृक्षारोपण कार्यक्रममा प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सामूहिक सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक डा. ओमप्रकाश सिंहका अनुसार पाठ्यपुस्तकमा उल्लेख भएका बिरुवाको अध्ययनलाई व्यवहारिक बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

अब विद्यार्थीहरूलाई बिरुवाको पहिचान, संरक्षण र हेरचाहसम्बन्धी गतिविधिमा नियमित रूपमा सहभागी गराइने उनले बताए । यस्ता कार्यक्रमले विद्यार्थीमा वातावरण संरक्षणप्रतिको चेतना, प्रकृतिप्रेम र सामूहिक जिम्मेवारीको भावना अभिवृद्धि हुने विश्वास विद्यालयको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.