मुख्यसचिव नियुक्त भए गोविन्द

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १७:५८

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कार्की हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत रहेर सुशासन महाशाखाको जिम्मेवारी सम्हालिरहेका थिए । सचिवमा बढुवा भएको करिब दुई वर्षमै उनी प्रशासनिक सेवाको सर्वोच्च पद मुख्यसचिवमा पुग्न सफल भएका हुन् ।

भोजपुरमा जन्मिएका कार्कीले यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हालेका थिए । उनी चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतका रूपमा समेत कार्यरत रहिसकेका छन् ।

कार्कीसँग कोशी प्रदेश सरकारअन्तर्गत सचिवको जिम्मेवारी निर्वाह गरेको अनुभव छ भने बागमती प्रदेशमा कामु प्रमुख सचिवका रूपमा पनि काम गरिसकेका छन् । २०२७ साल पुसमा जन्मिएका उनी २०७० सालमा सहसचिवमा बढुवा भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.