सुनसरीमा पिकअप दुर्घटना, चालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार ०६:३२

इनरुवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ केराबारीमा बुधबार राति पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पिकअपमा सवार अर्का व्यक्ति घाइते भएका छन् ।

प्रहरीका अनुसार भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप गाडी आफैं अनियन्त्रित भएर राति १०ः५० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा पिकअप चालक मोरङको रंगेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राईको मृत्यु भएको हो ।

पिकअपले च्यापिएको गम्भीर घाइते अवस्थामा भेटिएका राईलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याउनसाथ राति ११ः५० बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार दुर्घटनामा परेर पिकअपमा सवार सिराहाको लहान नगरपालिका घर भइ विराटनगर महानगरपालिका–१३ मा बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन् । सामान्य अवस्थाका उनको इनरुवामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सडकको बीच भागमा पल्टिएको पिकअपलाई हटाइसकिएको प्रहरीले जनाएको छ । घटनास्थल भण्टाबारीबाट करिब २ किलोमिटर पूर्वमा पर्छ । दुर्घटनाको कारण प्रष्ट हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा ?
सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
बालमन्दिर जग्गा प्रकरण : तीन पूर्वपदाधिकारी पक्राउ
संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन
कांग्रेसका संसदीय पदाधिकारी सर्वोच्चमा, प्रतिनिधिसभा नियमावलीका प्रावधानविरुद्ध रिट
सभामुखको आग्रहपछि पनि संसदमा जारी रह्यो विपक्षीको विरोध
सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग
लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव
माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.