बिहीबारको मौसम : ६ प्रदेशमा भारी वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार ०६:४०

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (बिहीबार) दिनभर र राति पनि अधिकांश स्थानमा बदली तथा वर्षाको क्रम जारी रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी र पश्चिमी भू–भागतर्फ आफ्नो औसत अवस्थाकै आसपास रहेकाले वर्षाको सम्भावना रहेको हो । हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानसहित अन्य प्रदेशका थोरै क्षेत्रमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो पहाडी र हिमाली भू–भागका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मधेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने जनाइएको छ ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

रातको समयमा पनि अधिकांश भू–भागमा बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा वर्षाको सम्भावना छ । त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले नदीनाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा ?
सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
बालमन्दिर जग्गा प्रकरण : तीन पूर्वपदाधिकारी पक्राउ
संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन
कांग्रेसका संसदीय पदाधिकारी सर्वोच्चमा, प्रतिनिधिसभा नियमावलीका प्रावधानविरुद्ध रिट
सभामुखको आग्रहपछि पनि संसदमा जारी रह्यो विपक्षीको विरोध
सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग
लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव
माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.