
काठमाडौं । ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले नयाँ उपकुलपति नियुक्त गरेको छ ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त भएका छन् । कार्की बिपी प्रतिष्ठानकाे पहिलो महिला उपकुलपति हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलतिमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन् ।

























