एमबाप्पे–डेम्बेले चम्किँदा फ्रान्स विश्वकपको सेमिफाइनलमा

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार ०६:००

अमेरिका । अमेरिकाको बोस्टनमा शुक्रबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को पहिलो क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको छ ।

पहिलो हाफमा पेनाल्टी गुमाएका कप्तान किलियन एमबाप्पेले दोस्रो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने त्यसको छ मिनेटपछि उसमान डेम्बेलेले अर्को गोल थपे । मोरक्कोका गोलकिपर यासिन बोनोउ पहिलो हाफका नायक बने । उनले २८औँ मिनेटमा एमबाप्पेको पेनाल्टी रोकेका थिए ।

Advertisement

त्यसअघि २५औँ मिनेटमा माजाउरीले एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि भिडियो सहायक रेफ्रीको समीक्षा पश्चात् फ्रान्सले पेनाल्टी पाएको थियो । बोनोउले उपामेकानोको हेडर र इन्जुरी समयमा लुकास डिग्नेको प्रहार समेत विफल पार्दै पहिलो हाफ गोलरहित राखे ।

तर, दोस्रो हाफमा फ्रान्सले दबाबलाई गोलमा परिणत गर्‍यो । ६०औँ मिनेटमा डिजायर डुएको पासमा एमबाप्पेले जाली चुमाए । त्यसको छ मिनेटपछि एमबाप्पेकै पासमा डेम्बेलेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे । साविक उपविजेता तथा २०१८ को विश्वविजेता फ्रान्सले अब सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

कतार विश्वकप २०२२ को सेमिफाइनलको पुनःभेटका रूपमा हेरिएको यस खेलमा मोरक्को बदला लिने लक्ष्यसहित मैदानमा उत्रिएको थियो । तर, हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा उसको लगातार ३४ खेलको अपराजित यात्रा पनि समाप्त भएको छ ।

व्यक्तिगत रूपमा एमबाप्पे उत्कृष्ट लयमा छन् । उनले यस विश्वकपमा आठ गोल र तीन असिस्ट गरेका छन् । गोलसंख्यामा उनी अर्जेन्टिनाका लियोनेल मेसीसँग बराबरीमा भए पनि असिस्टका आधारमा अघि छन् ।

विश्वकप इतिहासमा एमबाप्पेको कुल गोलसंख्या २० पुगेको छ । जुन मेसीको कीर्तिमानभन्दा एकले कम हो । यता डेम्बेलेले प्रतियोगितामा आफ्नो पाँचौँ गोल दर्ता गरेका छन् ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×